जोहेनर्सबर्गमा मेरो आशा /
सगुन श्रेष्ठ
कीर्तिपुर
‘
कीर्तिपुर
‘
आज जुन १०, विश्वको ध्यान जोहेनर्सबर्ग, सकर सिटीमा हुनेछ । हरेक नेपालीहरू पनि विद्युतीय तरङ्गको माध्यमद्वारा उतैतिर ध्यान केन्द्रित गर्ने दौरानमा छन् ।’ सबै रेडियो स्टेसन एकनासले यसरी आफ्नो समचारको गन्थन सुनाउँथे । मज्जाले सुनिदिन्थँे म पनि । चाहे म भौगोलिक विकटताबाट पिल्सिएको नै किन नहुँ । विद्यार्थीको रूपमा काठमाडौं भित्रदेखि एक दुई जना ? फुटबल खेलाडीको नाम थाहा पाइसकेको छुँ । यो २०१० को विश्वकप साउथ अफ्रिकामा हुनेछ भनेदेखि नै विश्वकप बुझ्दै आएको याद छ ।
भयङ्कर हुँदो रहेछ विश्वकप, डोल्पामा बस्दा यस्तो थाहा थिएन । कोदालो लिएर पारी खेतमा खन्न जाने सानो नेपाली भुरोलाई यो थाहा होस् पनि कसरी ? बोल्ने रेडियो पनि हाम्रो देउता हुन्थ्यो । बोल्ने रेडियो सुन्न हामी गाउँकै ठुलो मान्छे हरिप्रसाद बाजे कहाँ जान्थ्यौँ । हरिप्रसाद बाजे दौरा सुरुवालमा ठाँटिएर कुर्सीमा बस्दै तमाखु तान्दै गरेको अवस्थामा भेटिन्थे, हामी ढोग गथ्र्यौँ, बोल्ने रेडियो सुन्न ! अचम्म लाग्थ्यो– मान्छे कसरी अट्दा हुन् योभित्र ? हामी सोध्थ्यौं – ‘हरि बाजे, कति मान्छे राख्नुभएको छ हँ ?’ ‘धेरै छन्, धेरै ।’ तर्किएर जवाफ दिन्थे बुढा । स्कुले दिनमा दुई घण्टा हिँडेर जान्थ्यौं हाम्रो विद्यालय धर्मकोट मा.वि. । मेरा साथीहरू सङ्ग्राम धामी, झलक पुन र म डाँडै डाँडा दगुरेको अझै याद छ । पारि मरिङ्खोला, निकै गहिरो, यो त तर्नु नै थियो स्कुल पुग्न । पहिले पहिले त सबै खोलामाथि डोरी हुन्छ भन्ने सोच्थेँ तर्नका लागि । तर यहाँ खोलामाथि गाडी गुड्दा निक्कै जिल्लेको थिएँ, पहिलोपल्ट । हामी एक हातले डोरी र एक हातले किताबकापी च्यापी निकै जोखिमपूर्ण यात्रा गथ्र्यौँ । तल सुसाइरहेको मरिङ खोलो, माथि हावामा हामी पानी पर्दाको दिन चिप्लिने डरले स्कुल हापिदिथ्यौं । हुन त स्कुल जानुभन्दा वस्तुभाउ चराउनु नै मज्जा मान्थेँ । अनि सङ्ग्रामले भन्थ्यो, ‘ओई सन्ते, तेरो गाई साइँला काकाको कोदोबारीमा पस्यो है !’
‘चुपलाग सङ्ग्रामे, तेरो पनि त धेरै चोटि पस्या नै हो । भरै नभन्दे है सङ्ग्राम’ हामी यसरी बिताउथ्याँै दिन ।
गाइवस्तु, कुटोकोदालो, हलो जुवासँगै खेल्दै र जिस्कदै हुर्केँ । त्यही धुलौटे स्कुलबाट तुइन समातेर नियमित सुसाइरहेको खोलालाई जित्दै स्कुल सकाएछु । आज पनि त्यो तुइन जीवित छ । अर्को साल भने पुल बनाउने रे गाविसले । ‘साला, जीवन पनि अचम्म हुँदो रहेछ ।’ सोच्थेँ जब यहाँ काम गर्न र पढ्न भित्रिएको थिएँ मेरो जीवनबाट सबै कुरा फरक लाग्थ्यो, हराएको भान हुन्थ्यो ममा । तर सुरुमै चिनेको दाइबाट रेस्टुरेन्टमा छिर्न पुगेँ । खुब रमाइलो हुँदो रहेछ यहाँ । दिउँसै पनि जिस्किदाँ रहेछन् त्यहाँ बस्ने दिदीहरू केही बुढा मान्छेहरूसँग । म त साह्रै लजाउँथे । तर कामले पछि भने अलि बानी परेको थियो । सङ्ग्रामेले मसँग अलि नजिक माया धामी बस्दा पनि मायाको पोइ भन्थे । यहाँ त कति पोइ हुँदा रहेछन् । मैले सहन सकिँन यी सब काम, त्यसैले त्यागेँ र लागेँ पाउरोटी कारखानातिर । यसरी एकपछि अर्को गर्दै सानोतिनो काम गरेर आई.ए. पनि पढेँ । खै किन, यी सब सम्झना आइरहेछन् आज, थाहै भएन ।
आज वल्र्डकपको पहिलो दिन रे अफ्रिका महादेशमा हुने । नाथे, म डोल्पाली मगर पनि फुटबल हेर्ने भएँछु । नेल्सन मन्डेलाको देश हेर्ने रे ? सङ्ग्रामे यति खेर सँगै भएको भए हाँस्दो हो ।
सङ्ग्रामे, खै के भन्ने, गाउँमै छापामार भएको थियो अनि, त्यो सलके पनि, उनीहरू स्कुल सक्दा नसक्दै उतैतिर लागे, देशमा आमूल परिवर्तन गर्न लागेका भन्थे म गाम् फिर्दा । बन्दुक बोकेर नै आउँथे मलाई भेट्न । टाटेपाटे कम्ब्याट ड्रेसमा आफूलाई मर्द ठान्थे । ‘हामी माओवादी, निरङ्कुशताको विरोध गर्छौं, जिमिन्दारको जग्गा कब्जा र गरिबीको न्यायको लागि यो बन्दुक उठाउन बाध्य छौँ ।’ सङ्ग्राम आफ्नो बन्दुक भुइँमा बिसाउँदै भन्थ्यो । ‘अनि तिमी ? तिमीले पनि हामीलाई साथ दिनुपर्छ बुझ्यौ सन्तबहादुर ।’ उसले सन्त नभनेर सन्तबहादुर भन्दा म उनीहरूबाट निकै टाढिसकेको महसुस बेलाबेला गर्न पुग्थेँ ।
म चाहन्थेँ मलाई त्यही पुरानो सन्ते नै भनोस् । मैले दोहोरो केही बोल्न सकिँन । उनीहरू एक आपसमा कमरेड, कमरेड भनी बात मार्थे र राष्ट्रियता, न्याय, क्रान्तिका निकै गहकिला तर्क राख्थे । मसँग यी कुराहरू बुझ्न सक्ने आधाभन्दा कम क्षमता मात्र थियोजस्तो लाग्छ । धेरै बुझ्दिनथेँ । ‘कमरेड हामी हिड्यौं ।’ यसो भन्दै उनीहरू लाग्दा म एकोहोरो उनीहरूमाथि टोलाउन मात्र पुग्थें । त्यो भेटदेखि सङ्ग्रामे र झलकेसँग दोस्रो भेट भएन । पछि सुनेँ, सङ्ग्रामे आर्मीको भिडन्तमा चिलिमे डाँडामा मारिएछ र झलके भने त्यसको आधा वर्षपछि बेपत्ता भयो रे ।
अब त जनयुद्ध नि सकिएको दुई वर्ष चानचुन भइसक्यो । माओवादी भन्ने पार्टी राष्ट्रिय राजनीतिको मूल धारमा आयो, तर सङ्ग्रामे र झलकेले भन्ने न्याय र समानताका कुरा भने टुसो नै पलाएन । उनीहरू गाउँको विकासको कुरा गर्थे तर त्यो मरिङ खोलो तर्ने तुइन आज पनि म समात्छु । त्यहाँ मेरी बहिनी र भाइ वल्र्डकप हैन, कुटो र कोदाली, दाम्लो र हँसिया, गाइवस्तु र भकारोको कुरा गर्छन् । कमरेडहरू, तपाईहरू खुब राँको बाल्नु हुन्थ्यो चिलिमे डाँडामा, अनि ती राँकोले समानता, न्याय, विकास यस्तै कुराहरू बोल्थ्यो तर ती राकाँहरू नै रहेछन् साँच्चै, हामी भ्रममै परेका रहेछौं । हामीले सोच्थ्यौं– ती हाम्रा जीवित आशा हुन् । कमरेड सङ्ग्राम र कमरेड झलक पनि त्यही सोच्थे ती तिनीहरूका आशा हुन्, कमरेड झलककी बहिनी शीतली पनि, त्यही सोच्थी तर हामी सबैले सोचेर भुल गरेछौं । आज झलक र सङ्ग्रामको परिवार ध्वस्त छ । सधैँ आँखामा पानी लिएर बाँचेका उनीहरूको आशा पनि निमोठ्नु भयो । सङ्ग्रामे र झलकेको आत्माले पनि सरापिरहेका होलान्– कम्युनिस्ट भनाउँदा कमरेडहरू । लाग्छ, हाम्रा कमरेडहरू राजधानी केन्द्रित राजनैतिक अभ्यासमा व्यस्त रहेर छापामारको अवमूल्यन गरे । कतै म पनि छापामार भएको भए त्यो जीवनकै ठुलो भुल हुँदो हो । तर धन्न यसो गरेनछु जस्तो लाग्छ ।
आज नेल्सन मन्डेलाले आफ्नो देशमा विश्वकप गरे । करोडौंको लगानीले अरबौं भित्र्याउने योजना रे । वाह ! त्यस्तो नेता पो नेता । जातीय युद्ध समाप्त गरे । पद छाडे । विकास र न्यायमा लागे । अफ्रिकी जनताको हितमा सधैं अघि बढे । भो धेरै बयान नगरुँ । हाम्रा कमरेडहरू भने खै सत्तातिर तम्सिए । खै कमरेडहरूका पनि के कुरा गरुँ र । विश्वकपले आज धेरै कुरा सम्झिएँ ।
बिहानैदेखि आज पत्रिकाहरू हेर्दै छु । सम्झिन्छु, मैले त्यही सरस्वती क्याम्पसबाट बिए गर्दाको क्षण । एउटा सानो छाप्रोजस्तो स्कुल नेपालटारमा पढाउन जान्थेँ । यही कामको सहारा लिएर पढ्न थालेँ । सायद हाम्रा कमरेडले भनेको यही बुर्जुवा शिक्षा नपढेको भए आज डोल्पाको गतिलो हली बन्थे होला ? किनकी कमरेड बन्न सक्दिनथें ।
आज कीर्तिपुरको नयाँ बजारको एउटा साँघुरो कोठामा छुँ । एमए पढ्न विश्वविद्यालयमा आइपुगेको डोल्पाली मगर म । खुसी लाग्छ डोल्पाकै पहिलो म, नेपालीमा एमए गर्न लागेको । सायद हामीजस्ता भौगोलिक विकटताबाट आएकालाई साह्रै कष्ट हुँदोरहेछ यहाँसम्म आइपुग्न । आज चन्द्रमा नै पुगे जस्तो लाग्छ । छुट्टै देशजस्तो लाग्ने यो राजधानीमा आउँदा नै यस्तो लाग्थ्यो । तर मेरा कैयन् दाजुभाइ दिदीबहिनीहरू डोल्पाली भएर अभागी भए । तिमीहरूलाई थाहा छैन, यहाँ छुट्टै दुनियाँ छ । तिमीहरू त छुट्टै देशका मान्छे हौ या मान्छे जस्तै प्राणी । हे भगवान् ! डोल्पालीलाई साँच्चै सजाय दिएछौ । यसको मूल्य तिमीले पनि चुकाउनुपर्ला ।
कमरेडहरू तिमीहरूले पनि धोका दियौ । विक्रम र झलक जस्ताको रगतसँग मज्जाले खेल्यौं । उनीहरूका परिवारको आँसुको मुल्यसँग निकै रम्यौँ । डोल्पालीलाई काँध हाली निकै लामो साँघुरो र अफ्ठ्यारो यात्रा पार ग¥यौं । मेरी बहिनी र शीतली अझै आश गर्दै होलान्– ती राँके दाइहरूले राँकोसँगै विकास, न्याय र समानता लिएर आउनेछन् । तर ती त तिमीहरूका भ्रमहरू मात्र हुनेछन् । भन्दा नि लाग्छ– छ्या कमरेडहरू, तिमीहरूले निकै ठुलो छल ग¥यौ ।
आजको वल्र्डकप मेरो विशेष वल्र्डकप हो । म कुटो कोदालो समात्ने सन्तु मगर आज कीर्तिपुरको दाइसँग वल्र्डकपको ओपनिङ हेर्नेछु । मलाई अरू धेरै हेर्नुछैन, विकास,न्याय, स्वतन्त्रता र समानता दिने मन्डेला हेर्ने रहर छ । मेरो घटमा बास बसेको मन्डेला आज ९१ वर्षगाँठमा जोहेनर्सबर्गमा आउने रे । म टेलिभिजनको सेटबाट बेसमारी नअघाउन्जेलसम्म उनैलाई हेर्नेछु । सके हेरुन् मेरा कमरेडहरूले पनि । सायद हेरेर पनि मेरो आधा सपना पूरा हुन्छ भन्ने आशा छ । कम्तीमा यस्तो न्यायप्रेमी गान्धीवादी निस्वार्थ नेता देखेर बाच्ने आशा त जाग्लान् । ‘सके तिमीहरू पनि हेर्नु है शीतली र मेरी बहिनी । भन्दिनु है विक्रमे र झलकेका परिवारलाई पनि ।’
त्यहाँ सम्भव छैन होला । तर रेकडिङ्ग गरेर भए पनि एउटा फुच्चे l6eL र यो चक्का बोकेर आउँछु है त्यहाँ । कुरिराख्नु है । कम्तीमा जिउने आशा त आउँला । म पूरै गाम्मा नै यो देखाउनु छ । यो भन्देऊ है शीतली । सप्पैलाई भन्देऊ । अनि हामी सप्पै बाँच्नेछौं ।
No comments:
Post a Comment